संगालोखबर
फाइल तस्बिर

सुनसरी । सप्तकोसी नदीमा जल सतह बढेपछि सबै ढोका खोलिएको छ । पहाडी तथा तराईका जिल्लामा अत्यधिक वर्षा भएसँगै सप्तकोसी नदीको बहाव उच्च बनेको हो ।

आज बिहान ९ बजेसम्म ४ लाख ४९ हजार ६ सय ८० क्युसेक प्रतिसेकेण्ड मापन गरिएको छ । पानीको बहाव उच्च भएसँगै थप सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

Advertisement

नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ । बहाव बढिरहेका कारण खतराको सङ्केत देखिन थालेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीका अनुसार जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!