संगालोखबर


सुनसरी । धरानमा एक युवती बलात्कृत भएकी छन् । ताप्लेजुङबाट धरान घुम्न आएकी २० वर्षीया युवती बलात्कृत भएकी प्रहरीले जनाएको छ।

रोजगारीको सिलसिलामा धरान आएकी ती युवतीलाई आइतबार धरानको भानुचोकस्थित भोजपुरे होटलमा लगेर अभियुक्तले जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

Advertisement

युवती बलात्कार गरेको अभियोगमा धरानका ३५ वर्षीय सागर राइलाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी बिपिन रेग्मीले बताए ।

घटनापछि फरार रहेका राईलाई वडा प्रहरी कार्यालय धरानको प्रहरीले छाताचोकबाट पक्राउ गरेको हो । पीडित युवतीको स्वास्थ्य परीक्षण गरी अभियुक्तविरुद्ध कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको एसपी रेग्मीले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!