सुनसरीबाट तीन सय ४० किलो गाँजा बोकेको ट्रकसहित चार जना पक्राउ
सुनसरी । सुनसरीको कोशी गाउँपालिका-७ हरिपुरबाट गाँजा बोकेको ट्रकसहित चार जना पक्राउ परेका छन् । प्रदेश १-०२-००२ ख ०४१४ नम्बरको ट्रकको पछाडि कालो त्रिपालले छोपिएको अवस्था प्रहरीले गाँजा बरामद गरेको हो ।
ट्रकबाट ११ वटा बोरामा राखिएको तीन सय ४० केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ट्रक धनी तथा चालक धनकुटाको सहिदभूमि गाउँपालिका-४ का ३० वर्षीय जयप्रकाश राई छन् ।
यस्तै भोजपुरको पौ...


























