विराटनगर । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई हजार नौ सय रुपैयाँले घटेको हो ।
बिहीबार सुन प्रतितोला तीन सय रुपैयाँले बढेर एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएकोमा आज एक लाख ८९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर दुई हजार एक सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार एक सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।