संगालोखबर


विराटनगर । कोशी प्रदेशमा १४.२५ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालयका अनुसार धान खेती हुने २ लाख ७६ हजार ३ सय ८६ हेक्टर क्षेत्रफलमध्ये  ३९ हजार ३ सय ८९.९४ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो ।

उच्च पहाडी क्षेत्रमा कुल धान खेती हुने क्षेत्रफलमध्ये १०.९७, मध्य पहाडी क्षेत्रमा २४.९२ र तराई क्षेत्रमा १०.७८ प्रतिशत रोपाइँ भएको छ ।

Advertisement

निर्देशनालयका अनुसार गतवर्ष यही समयमा १३.७१ प्रतिशत रोपाइँ भएको थियो  । कोशीका १४ जिल्लामध्ये सबैभन्दा बढी पाँचथरमा ४५ प्रतिशत रोपाइँ भएको छ भने भोजपुरमा ४२ र खोटाङमा ३१.३० प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

निर्देशनालयका अनुसार पाँचथरमा कुल खेतीयोग्य जमिनमध्ये ५ हजार ८ सय ४८.९६, भोजपुरमा १२ हजार ५०.८१ र खोटाङमा १० हजार १८.०९ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।

यस्तै ताप्लेजुङमा ५ हजार ६ सय ६६.३३ हेक्टर क्षेत्रफलमध्ये १७.८५, संखुवासभामा ८ हजार ४ सय ९२.६३ हेक्टर क्षेत्रफलमध्ये ७ र सोलुखुम्बुमा १ हजार २ सय २५ हेक्टर क्षेत्रफलमध्ये ६.६१ प्रतिशत रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।

इलाममा ११ हजार ६२.६४ हेक्टर क्षेत्रफलमध्ये १२, तेह्रथुममा ६ हजार ६ सय १५.१५ हेक्टर क्षेत्रफलमध्ये २६, धनकुटामा ४ हजार ९ सय ३८.८९ हेक्टर क्षेत्रफलमध्ये ७, उदयपुरमा १३ हजार ३ सय ८०.०४६ हेक्टर क्षेत्रफलमध्ये ११ प्रतिशत रोपाइँ भएको छ ।

यसैगरी ओखलढुङ्गामा ३ हजार ८ सय ३ हेक्टर क्षेत्रफलमध्ये ३१, झापामा ७५ हजार ४ सय ५९.१८ हेक्टर क्षेत्रफलमध्ये ८, मोरङमा ६९ हजार ८ सय १७ हेक्टर क्षेत्रफलमध्ये १५ र सुनसरीमा ४८ हजार ९ हेक्टर क्षेत्रफलमध्ये ९ प्रतिशत रोपाइँ भएको निर्देशनालयले उल्लेख गरेको छ ।

केही स्थानमा समयमा वर्षा भएका कारणले गतवर्षको यही अवधिको तुलनामा बढी रोपाइँ भएको र धेरै स्थानमा पानी कम परेका कारण रोपाइँमा समस्या भएको निर्देशनालयले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!