संगालोखबर


विराटनगर । नेपालले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ३८ अर्ब ९४ करोडको धानचामल आयत गरेको छ । जुन गतवर्षको तुलनामा १७ अर्ब ८२ करोडले बढी हो । गतवर्ष सोही अवधिसम्म २१ अर्ब १२ करोडको धानचामल आयात भएको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार प्रत्येक महिना औसत तीन अर्बभन्दा बढीको धानचामल आयत भइरहेको छ । असार मसान्तसम्ममा थप तीन अर्बको धानचामल आयात हुने अनुमान गरिएको मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा १७ अर्ब ७८ करोड बराबरको चामल आयात भएको तथ्याङ्क छ । गत वर्ष सो अवधिमा १२ अर्ब ४३ करोडको चामल आयात भएको थियो ।

मन्त्रालयका अनुसार सामान्यतया देशमा वार्षिक करिब ७० लाख मेट्रिक टन धानको माग रहेकामा करिब ६० लाख मेट्रिक टन धान स्वदेशी उत्पादन हुने गरेको छ । करिब १० लाख मेट्रिक टन अपुग धान आयात हुने गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!