संगालोखबर


विराटनगर । कोशी प्रदेश सरकारको बजेट पारित भएको छ । आजको प्रदेश सभा बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सभामा प्रस्तुत भएको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट पारित गरेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको कूल बजेटमध्ये चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख र पूँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ विनियोजन गरेका थिए ।

Advertisement

आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँडबाट १२ अर्ब ३९ करोड, र सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९८ करोड रुपैयाँ प्राप्त हुने जनाइएको छ ।

यस्तै सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड, समपूरक अनुदानबाट ३९ करोड र विशेष अनुदानबाट ५५ करोड रुपैयाँ स्रोत व्यवस्थापन गर्ने र अपुग हुने ३ अर्ब १३ करोड रुपैयाँ भने नगद मौज्दातबाट व्यहोर्ने उल्लेख छ । बजेट पारित भएसँगै साउन १ गतेबाट कार्यान्वयन गर्ने बाटो खुलेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!