सुनको मूल्यमा नयाँ किर्तिमान, तोलाकै २ लाख ६ सय रुपैयाँ पुग्यो
विराटनगर । नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । आज प्रतितोला एक हजार दुई सय रुपैयाँले बढेर सुनको मूल्यले नयाँ किर्तिमान बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ६ सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला चार सय रुपैयाँले बढेर एक लाख ९९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला दु...
































