संगालोखबर


विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुङ्‍गो लगाएको छ । काँग्रेस र एमालेसँगको चुनावी तालमेल नमिलेपछि नेकपाले एक्लै उम्मेदवार छानेको हो ।

जसअनुसार नेकपाले कोशीबाट खेमराज सुन्दास, हेमराज घिमिरे र नमिता न्यौपानेलाई उम्मेदवार बनाएको छ । मधेशबाट रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान र समिकुमारी अग्रवाल, बागमतीबाट प्रेमप्रसाद सापकोटा र सरोज कुमारी झालाई उम्मेदवार बनाएको छ ।

Advertisement

गण्डकीबाट कपिल लामाको नाम टुङ्गो लागेको छ भने एक जनाको नाम टुङ्गो लाग्न बाँकी छ । यस्तै लुम्बिनीबाट दुर्गा भण्डारी, बृहस्पति अधिकारी र सर्जन बिक, कर्णालीबाट बुद्धिप्रसाद शर्मा र अन्जु महतारालाई उम्मेदवार बनाएको छ । यसैगरी सुदूरपश्चिमबाट टीकाराम जैशी र रोजी बस्नेत सुनारलाई उम्मेदवार बनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!