विराटनगरबाट स्रोत नखुलेको ४ लाखसहित एक जना पक्राउ
विराटनगर । विराटनगर-१३ स्थित दिव्य ज्योति आँखा अस्पताल अगाडिबाट स्रोत नखुलेको रकमसहित आज दिउँसो एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर-१० का ३६ वर्षीय उमेश साह छन् ।
भारतको जोगवनीबाट विराटनगरतर्फ आउँदै गरेको प्रदेश १-०२-०४२ प २८८४ नम्बरको मोटरसाइकलमा सवार उनलाई शङ्का लागेर चेकजाँच गर्दा श्रोत नखुलेको रकम फेला परेको प्रहरीले जनाएको छ ।
साहले लगाएको हेलमेट र शरीरको विभिन्न भागमा लुकाइ...































