धरानमा गाँजा नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, धनकुटाका राई पक्राउ
सुनसरी । सुनसरीको धरान-२० चिमफुले खोलामा गोली चलाएर प्रहरीले दुई सय २५ किलो गाँजा नियन्त्रणमा लिएको छ । गाँजा ओसार-पसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गएराति तीन राउन्ड हवाइ फायर गरेर गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय धरान तथा अस्थायी प्रहरी पोस्ट जोरसखुवाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले पैदल आउँदै गरेका व्यक्तिलाई रो...


























