
विराटनगर । आज तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु लाग्ने छ । देशका पहाडी तथा हिमाली भू-भागमा मौसम भने मुख्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।
बिहीबार दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ । महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू-भागको मौसम मुख्यतया सफा नै रहनेछ ।
बिहीबार राति तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु लाग्ने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागको मौसम सफा रहने महाशाखाले जनाएको छ ।
शुक्रबार दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागको मौसम सफा रहने महाशाखाले उल्लेख गरेको छ ।
शुक्रबार राति तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु लाग्नेछ । कोशी र मधेश प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

संगालोखबर 













