
विराटनगर । जेनजी आन्दोलनका क्रममा भागेका साढे चार हजार कैदीबन्दी अझै सम्पर्कविहीन छन् । देशका विभिन्न कारागार र बाल सुधार गृहबाट फरार भएकामध्ये ४ हजार ५ सय ५४ जना कैदीबन्दी अझै सम्पर्कविहीन भएका हुन् ।
कारागार व्यवस्थापन विभागका अनुसार फरार रहेकाहरूमा कारागारका ४ हजार २५० कैदी र बाल सुधार गृहका ३०४ जना रहेका छन् । आन्दोलनको चरम अवस्थामा सुरक्षा कमजोरीको फाइदा उठाउँदै देशभरका कारागारबाट १३ हजार ५ सय ८५ र बाल सुधार गृहबाट ९ सय ७४ गरी कुल १४ हजार ५ सय ५९ जना कैदीबन्दी फरार भएका थिए ।
तीमध्ये हालसम्म ९ हजार ९ सय ८६ जना विभिन्न माध्यमबाट कारागार फिर्ता आएका विभागले जनाएको छ । सरकारले फरार रहेका बाँकी कैदीबन्दीको खोजीका लागि देशभरका सुरक्षा निकायलाई ‘अलर्ट’ राखेको छ । उनीहरूको खोजी भइरहेको विभागले जनाएको छ ।

संगालोखबर 
















