
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एक लाख ३३ हजार नौ सय ८० जना म्यादी प्रहरी भर्ना गरिने भएको छ ।
निर्वाचन सुरक्षालाई सुदृढ बनाउन ‘नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल कार्यविधि २०८२’ अनुसार निर्वाचन प्रहरी (म्यादी) भर्नाको तयारी गरिएको हो ।
नेपाल प्रहरीले एक सूचना जारी गर्दै इच्छुक नेपाली नागरिकहरूले पुस २५ देखि माघ १ गतेसम्म आवेदन दिनसकिने जनाएको छ । सुरक्षा निकायको अनुभव भएकाहरूलाई विशेष प्राथमिकता दिइने जनाइएको छ ।
२०८२ पुससम्म सेना, प्रहरी र सशस्त्र प्रहरी बलमा भर्नाका लागि आवेदन दिएका उम्मेदवारहरू र यसअघिका निर्वाचनहरूमा म्यादी प्रहरीका रूपमा काम गरिसकेका व्यक्तिहरूलाई पनि छनौटमा प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।
भर्नाका लागि आवेदन दिने पुरुष उम्मेदवारको उचाइ कम्तीमा ५ फिट २ इन्च हुनुपर्नेछ भने महिलाको हकमा न्यूनतम ४ फिट १० इन्च उचाइ तोकिएको छ । साथै, महिला आवेदकहरू गर्भवती नभएको हुनुपर्ने प्रावधान राखिएको छ ।



संगालोखबर 
















