
काठमाडौं । नेकपा एमालेको आज बसेको सचिवालय बैठकले प्रदेश संयोजक तोकेको छ । उप-महासचिप लेखराज भट्टका अनुसार प्रदेश र निर्वाचनको संयोजक गर्नेगरी नेताहरूलाई जिम्मेवारी तोकिएको हो ।
जसअनुसार कोशी प्रदेश संयोजकमा शेरधन राईलाई तोकिएको छ । मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा महेश बस्नेत, राजधानीमा डा. राजन भट्टराई र गण्डकीमा खगराज अधिकारीलाई संयोजक तोकिएको छ ।
यस्तै कर्णालीमा यामलाल कँडेल, सुदूरपश्चिममा गणेश ठगुन्ना र संगठन विभागमा भानुभक्त ढकाललाई संयोजक तोकिएको छ ।

संगालोखबर 
















