कोशीका विभिन्न जिल्लामा गतिविधि गर्दै ‘राष्ट्रिय मुक्ति क्रान्ति’
विराटनगर । ‘बहुलराष्ट्रिय राज्य स्थापनार्थ’ पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतो र बुद्ध छिरिङ मोक्तानले सञ्चालन गरेको ‘राष्ट्रिय मुक्ति क्रान्ति’ ले पूर्वमा विविध गतिविधि गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । उक्त संगठनको गभर्निङ्ग काउन्सिलले जेठ ७ देखि २६ गतेसम्म विविध कार्यक्रम गर्ने सार्वजनिक गरेको छ । कार्यक्रम विस्तार साथै व्यवस्थापनमा सनम लिम्बू र सन्तोष मेहतालाई जिम्मेवारी दिइएको जनाइएको छ ...































