संगालोखबर


उदयपुर । हावाहुरीका कारण उदयपुरमा लाखौंको धनमाल क्षति भएको छ । जिल्लाका विभिन्न स्थानमा रहेका बिजुलीका ६८ वटा खम्बा भाँचिएका छन् । त्यसले गर्दा विभिन्न स्थानमा बिजुली अवरुद्ध बनेको छ ।

विद्युत् प्राधिकरण गाईघाटका प्रमुख विजयबाबु खत्रीका अनुसार खम्बा ढलेर अवरोध हुँदा बेलका, कटारी, त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रमा विद्युत अवरुद्ध भएको छ । सञ्चालन गर्न तीन दिन लाग्ने प्राधिकरणले जनाएको छ । हावाहुरीका कारण १ करोड ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान विद्युत प्राधिकरणको छ ।

Advertisement

हावाहुरीले चौदण्डीगढी नगरपालिकाको हडिया, सुन्दरपुर र बेलका नगरपालिकाको आम्बासी, भागलपुर, पुरनदह क्षेत्रमा दर्जनौं घरको टिनको छानो उडाएको प्रहरीले जनाएको छ । हावाहुरीसँगै परेको चट्याङले रौतामाई गाउँपालिका–७ की ५३ वर्षीया चन्द्रिका तामाङ परियारको घटनास्थलमै मृत्यु भएको छ ।

गएराति चलेको हावाहुरीका कारण जिल्लाका विभिन्न स्थानमा स्थानीयले लगाएका मकैलगायत बाली, तरकारीमा नोक्सानी पुगेको जनाइएको छ । हावाहुरीका कारण के कति क्षति भयो भन्ने यकिन विवरण आइसकेको छैन । क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!