संगालोखबर

धनकुटा । धनकुटामा सामुदायिक रेडियो प्रसारक संघको आयोजनामा रेडियोकर्मीका लागि क्षमता विकास कार्यक्रम सुरु भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको सहयोगमा भइरहेको कार्यक्रम जेठ ८ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

Advertisement

प्रमुख अतिथि प्रदेश सांसद निरन राई र इन्दिरा थापाले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । त्यस अवसरमा सांसद राईले व्यवस्था परिवर्तनका लागि रेडियोहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।

कोशी प्रदेशमा सञ्चालित रेडियोहरुको अवस्था नाजुक रहेको हुनाले आफ्नो तर्फबाट सहयोगको पहल गर्ने उनले बताए । सांसद तथा कोशी प्रदेशकी पूर्वमन्त्री थापाले पत्रकारले समाजमा रहेका तर नदेखिएका समस्या बाहिर ल्याउने काम गरेको बताइन् ।

कार्यक्रममा कोशी प्रदेशका १४ वटै जिल्लाका रेडियोमा काम गर्ने सञ्चारकर्मीहरुको सहभागिता रहेको रेडियो प्रसारक संघ कोशी प्रदेशका अध्यक्ष विदुर खवासले जानकारी दिए ।

यसैबीच, नेपाल पत्रकार महासंघ धनकुटाको भवन निर्माणका लागि सहयोगको माग गरिएको छ । पत्रकार महासंघ धनकुटा अध्यक्ष नगेन्द्र राईले उक्त सहयोग पत्र कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद राई र थापालाई हस्तान्तरण गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!