संगालोखबर

विराटनगर । मोरङको ग्रामथानमा आइतबार राति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–५ तेतरिया चोकनजिक राति करिब १० बजे भएको दुर्घटनामा गाउँपालिकाका सबइन्जिनियर महमद मुख्तार खाँको मृत्यु भएको हो ।

Advertisement

३५ वर्षीय खाँ विराटनगर महानगरपालिका-१ मा बस्दै आएका थिए । टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि विराटनगरस्थित न्युरो आर्या अस्पताल ल्याइएको थियो । ल्याएको केही बेरमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शव पोस्टमार्टमका लागि कोशी अस्पतालमा लगिएको छ ।

तेतरिया चोकनजिक घिनाघाट–विराटचोक भित्री सडक खण्डमा रोकिराकेको ना ५ ख ७०७९ नम्बरको टिपरमा ठोक्किँदा मोटरसाइकल चलाइरहेका खाँको मृत्यु भएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

खाँ चढेको को १ ब १३८४ नम्बरको मोटरसाइकल उक्त टिपरको पछाडि ठोक्किएको थियो । उनी हरैँचाबाट विराटनगर आइरहेको अवस्थामा दुर्घटना भएको ग्रामथान गाउँपालिकाका सूचना अधिकारी नारायण चौधरीले संगालोखबरलाई जानकारी दिए ।

टिपर चालक झापाको बिर्तामोड नगरपालिका–२ का ४३ वर्षीय तीर्थराज ठाकुरलाई नियन्त्रणमा लिइ घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!