संगालोखबर

विराटनगर । सुनसरीको दुहबी घर बताउने १५ वर्षीया बालिका दुर्गा उरावको आइतबार साँझ उद्धार गरिएको छ । विराटनगर–५ जामुनगाछीस्थित खेतमा बनाइएको छाप्रोमा दुई सातादेखि बेवारिसे अवस्थामा बसिरहेकी उनको स्थानीयको पहलमा उद्धार गरिएको हो ।

Advertisement

उनी जामुनगाछी वरपर नियमित हिँडेको देखेपछि स्थानीयले सोधखोज गरेका थिए । उनले कामको खोजीमा हिँडेको बताउने गरेकी थिइन् । तर छाप्रो नजिकैका स्थानीयले केही दिनदेखि उनलाई त्यहीँ बस्ने गरेको देखेपछि उद्धारमा चासो देखाएका हुन् । कामको खोजीमा दुई साताअघि आफ्नी बहिनीसहित विराटनगर आएको उनले बताइन् । हिँड्दै जाँदा कोही नभएको छाप्रो भेटिएपछि त्यहीँ बस्न थालेको उनले बताइन् ।

कामको खोजीमा हिँडिरेहका दिदीबहिनीलाई जामुनगाछीकी कुन्ती कामतले एक हप्ताअघि जनही प्रतिदिन ६ घण्टाको चार सय रूपैयाँका दरले पारिश्रमिक पाउने गरी खेतमा पाकेको मकै भाँच्ने काम दिइन् । उनीहरूले दुई दिन काम गरेर पारिश्रमिक लिए । पारिश्रमिकबापत पाएको रकमले केही दिन भोकप्यास टार्दै कामको खोजी जारी राखेर उनीहरू त्यही छाप्रोमा बसे ।

त्यही कम गरेर बचेको केही पैसा दिएर बहिनीलाई भने हिजो नै घर पठाएको उनले बताइन् । आफू भने घर जाने खर्च नभएर यहीँ बस्न बाध्य भएको उनले सुनाइन् । केही दिनदेखि काम समेत नपाएकाले खानेकुरा नखाएको उनले बताइन् । आइतबार उद्धारका लागि छाप्रो पुगेका जामुनगाछीका स्थानीयले उनलाई खाजाको व्यवस्था गरिदिएका थिए ।

यसरी दुई हप्तासम्म बेवारिसे छाप्रोमा बसेकी उनलाई आज स्थानीयले उद्धार गरेर प्रहरीको जिम्मा लगाएका छन् । प्रहरीले उनलाई परिवारसँग सम्पर्क गरेर घर पठाउने जनाएको छ । उद्धार गरिएकी दुर्गाका अनुसार उनले विराटनगरको तीनपैनी चोकमा स्थानीय शेरसिंह दुगडको घरमा तीन वर्ष शिशु स्याहारको काम गरेकी थिइन् । तर त्यसबापत रकम आफूले नपाएको उनले बताइन् । पारिवारिक समस्याका कारण घर छाड्न बाध्य भएको उनले सुनाइन् ।

कान्छी आमा रामवती उरावले पीडा दिन थालेपछि घर छाड्नुपेको उनले सुनाइन् । उनकी आफ्नी आमा दीपा उरावले केही वर्षअघि परिवार छाडेर हिँडेपछि बुवा प्रदीप उराव दोस्रो विवाह गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!