संगालोखबर

विराटनगर । खोटाङ घर भएका ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । खोटाङको मझुवागढी नगरपालिका–१ घर भई काठमाडौं टोखा नगरपालिका–१० गोंगबुको गणेशस्थान बस्दै आएका ३२ वर्षीय घिमिरे नेपाल प्रहरीमा कार्यरत थिए ।

Advertisement

भक्तपुरको चाँगुनारायण–१ घर भई हाल बालाजु जरंखु, मनमैजुका सडकपेटी र निर्माणाधीन घरहरूमा आश्रय लिएर बस्ने २१ वर्षीय आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर गाउँपालिकाका १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जाको आँधीखोला गाउँपालिका–३ विजयचौतारीका २१ वर्षीया विपना वसन्ती भन्ने वसुन्धरा कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी, स्याङ्जाको आँधीखोला गाउँपालिका–३ विजयचौतारीकी ५६ वर्षीया नुनमाया कार्की, नुवाकोटाको ओखरेका वर्ष २१ बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका–१ का वर्ष ३० का दोर्जे अमृत तामाङ, एक जना १३ वर्षका नाबालक समेत पक्राउ परेका छन् ।

प्रारम्भिक रूपमा हेर्दा काम सकेर घरतर्फ जानुअघि तारकेश्वर नगरपालिका–११ स्थित खाजा घरमा प्रवेश गरी खाजा खाइरहेको बेलामा सचिन परियार र अञ्जली श्रेष्ठ पनि त्यहीँ रहेको प्रहरीको भनाइ छ । घिमिरे र सचिनको पुरानो परिचय रहेको कुरा प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीको भनाइ छ ।

त्यसै अवस्थामा घिमिरे र परियारबीच सामान्य भनाभन सुरु भएको थियो । घिमिरेले अञ्जलीलाई जिस्क्याएको आरोपमा विवाद भएको  प्रहरीको भनाइ छ ।

अञ्जली अस्वस्थ भएको भन्दै माथिसम्म पुर्‍याइदिन आग्रह गरेको र एउटै मोटरसाइकलमा गएर सो स्थानमा पुगेर तत्कालै घटनास्थलमा बसिरहेका कार्की, तामाङलगायतका साथीहरू मिली बेल्ट र विभिन्न हतियार प्रयोग गरी घिमिरेको हत्या गरेको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार काठमाडौंको तारकेश्वर–९ मनमैजुमा शङ्कास्पद अवस्थामा फेला परेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!