संगालोखबर

विराटनगर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले आफूलाई सम्हालेर लोकतान्त्रिक अभ्यास र मूल्य मान्यतामा आउनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

Advertisement

सरकारमा नहुँदा छटपटाउनु र पानीबाट बगरमा निकालेको माछाजस्तो भट्याकभट्याक गरेर कांग्रेसले अचम्मको अवस्था बनाएको अध्यक्ष ओलीले टिप्पणी गरे ।

कांग्रेसले संविधान जारी भएदेखि नै सहकार्य तोडेको उनको आरोप पनि ओलीले लगाए । संविधान जारी भएपछि कार्यान्वयनका लागि सहमति आवश्यक भएकाले आफूहरुले प्रयास गरेको तर कांग्रेसले बाटो छाडेको उनको भनाइ थियो ।

ओलीले जेठ ५ गते बेलुकाको सहमति अनुसार हो भने सहकारीमा अनियमितताबारे संसदीय छानबिन समिति बन्ने बताए । एमाले सत्ताका लागि मात्रै नभइ लोकतान्त्रिक मूल्य मान्यता र सुशासनको बाटोमा अगाडि बढेर जनताको समस्यालाई सम्बोधन गरौं भन्ने पक्षमा रहेको उनको दाबी थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!