संगालोखबर

विराटनगर । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा झापाका डा. राजेन्द्र अधिकारी नियुक्त भएका छन् । प्रदेश मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अधिकारीलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

Advertisement

बैठकमा मुख्यमन्त्री हिक्मततकुमार कार्कीको प्रस्तावमा झापाको बिर्तामोडका अधिकारीलाई आयोग उपाध्यक्षमा नियुक्त गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।

अधिकारी झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसका अर्थशास्त्रका उपप्राध्यापक हुन् । मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा नयाँ सरकार गठन भएसँगै नयाँ नियुक्ति हुने गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!