संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । विराटनगर महानगरपालिका–१९ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । आइतबार राति आफ्नै घरमा बिजुलीको होल्डरमा बल्ब लगाउने क्रममा करेन्ट लाग्दा स्थानीय ३० वर्षीय राजु ऋषिदेवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोशी अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा त्यहीँ उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले अनुसन्धान सुरु गरेको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!