संगालोखबर

विराटनगर । मोरङको बेलबारीमा ‘बेलबारी बाल कला-साहित्य महोत्सव २०८१’ आयोजना हुने भएको छ । बेलबारी प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने महोत्सवका अवसरमा बाल कला र साहित्यबारे विस्तृत अन्तरक्रिया गरिने भएको छ ।

Advertisement

महोत्सव आगामी जेठ १७ देखि १९ गतेसम्म सञ्चालन हुने प्रतिष्ठानले जनाएको छ । यस अवसरमा विभिन्न विषयमा केन्द्रित रहेर कार्यशालाहरु सञ्चालन हुने जनाइएको छ ।

यसका लागि कार्यक्रम संयोजन गर्न बेलबारी साहित्य विकास समिति, स्रष्टा समाज, अलंकार संगीतालय, बेलबारी जेसिस, आदिवासी जनजाति महासंघ बेलबारीलगायत संस्थाहरुको सहकार्य रहने भएको छ ।

बेलबारी बहुमुखी क्याम्पसमा हुने महोत्सवका अवसरमा चित्रकला कार्यशाला, कविता लेखन कार्यशाला, बालकथा लेखन कार्यशाला, लघुकथा लेखन कार्यशाला सञ्चालन हुने प्रतिष्ठानले जनाएको छ ।

यसैगरी, वक्तृत्वकला, गायन, सांस्कृतिक नृत्य प्रस्तुति तथा विभिनन विद्यालयहरुका सिर्जनात्मक प्रंस्तुतिहरु रहने आयोजकले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!