संगालोखबर

विराटनगर । मोरङमा आगामी जेठ १३ गतदेखि पोलियो विरुद्ध खोप अभियान सञ्चालन हुने भएको छ । यो अभियान जेठ २२ सम्म सञ्चालन हुने जनाइएको छ । स्वास्थ्य कार्यालय मोरङका अनुसार अभियानमा क्रममा जिल्लाका ५२ हजार ३५२ बालबालिकालाई खोप लगाइने छ ।

Advertisement

विभिन्न स्थानमा रहने ६७२ वटा खोप केन्द्रबाट ५ वर्षदेखि ८ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिइनेछ । सबैभन्दा धेरै बालबालिका रहेको (१८ हजार ८६४ जना) विराटनगर महानगरपालिकामा ११६ वटा केन्द्रबाट खोप दिइने जनाइएको छ ।

खोप अभियानका लागि स्वास्थ्य कार्यालय मोरङले स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेवकलगायतलाई प्रशिक्षण दिने काम भइरहेको जनाएको छ । अभियानका क्रममा ७८३ जना स्वास्थ्यकर्मी र १ हजार ७८ जना स्वयंसेविका परिचालन हुने छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!