बससहित नदीमा खसेर बेपत्ता भएकामध्ये एकजनाको शव भेटियो

बससहित नदीमा खसेर बेपत्ता भएकामध्ये एकजनाको शव भेटियो

विराटनगर । अविरल वर्षापछि खसेको पहिरोले बगाएको बससँगै त्रिशूली नदीमा बेपत्ता भएकामध्ये एकजनाको शव फेला परेको छ । चितवनको भरतपुर–२८ स्थित नारायण नदी किनारमा शव फेला परेको हो । प्रहरीका अनुसार नदी किनारमा घोप्टो परेको अवस्थामा शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शवको साथमा केही कागजात भेटिएको छ । ती कागजातको आधारमा उनी भारतीय नागरिक ऋषि पल साह रहेको खुलेको प्रहरीको भनाइ छ । काठ...
पाथीभरा जाने तीर्थयात्रीको सुविधाका लागि उपचार केन्द्र

पाथीभरा जाने तीर्थयात्रीको सुविधाका लागि उपचार केन्द्र

ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा आउने तीर्थयात्रीलाई सुविधा दिन प्राथमिक उपचार केन्द्र स्थापना गरिएको छ । पाथीभरा जाने बाटोमा पर्ने माथिल्लो फेदी भन्ने स्थानमा भवन निर्माण सम्पन्न भएसँगै केन्द्र स्थापना गरिएको हो । कोशी प्रदेश सरकारको ५० लाख रुपैयाँको लागतमा चारवटा कोठा भएको एक तले भवन बनाइएको छ । यसअघि स्थानीय होटल व्यवसायी इन्द्रनारायण भट्टराईले अस्थायी भवन बनाइदिएका थिए । उनले पाँच व...
बलात्कार आरोपमा खोटाङको जन्तेढुंगाका वृद्ध पक्राउ

बलात्कार आरोपमा खोटाङको जन्तेढुंगाका वृद्ध पक्राउ

खोटाङ । महिलालाई बलात्कार गरेको आरोपमा एकजना वृद्ध पक्राउ परेका छन् । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङका ६२ वर्षीय बलवीर राईलाई प्रहरीले पक्राउ गरेको हो । गत असार २६ गते स्थानीय २९ वर्षीया महिलालाई बलात्कार गरेको उजुरी परेका आधारमा उनलाई पक्राउ गरिएको हो । प्रहरी निरीक्षक राजु निरौलाका अनुसार पीडित महिलालाई स्वास्थ्य परीक्षणका लागि सदरमुकाम दिक्तेल पठाइएको छ । आरोपी राईलाई पनि जिल्ला प्रहरी का...
चुलोबाट खरानी निकाल्दा सर्पले डसेर मृत्यु

चुलोबाट खरानी निकाल्दा सर्पले डसेर मृत्यु

सिरहा । सिरहाको चोहर्वामा सर्पको डसाइबाट एकजना महिलाको मृत्यु भएको छ । सर्लाहीको पर्सा गाउँपालिका सङग्रामपुर घर भइ सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वा बस्दै आएकी ३० वर्षीया रोशिना खातुनको गएराति मृत्युि भएको प्रहरीले जनाएको छ । चुलोबाट खरानी निकाल्ने क्रममा उनलाई सर्पले डसेको थियो । उपचारका लागि सुरुमा जयकाली सर्पदंश उपचार केन्द्रमा लगिएको थियो । त्यहाँ सम्भव नभएपछि कर्जन्हास्थित फूलकुमारी महतो...
भानुभक्तको २११औँ जन्मजयन्ती मनाइँदै

भानुभक्तको २११औँ जन्मजयन्ती मनाइँदै

विराटनगर । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’ मा प्रस्तुत गरेका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीका घर–घरमा लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरे...
प्रधानमन्त्री दाहालले पाएनन् विश्वासको मत

प्रधानमन्त्री दाहालले पाएनन् विश्वासको मत

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मतका लागि राखेको प्रस्ताव अस्वीकृत भएको छ । प्रस्ताव अस्वीकृत भएसँगै दाहाल प्रधानमन्त्रीबाट पदमुक्त भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उपस्थित २५८ सांसदमध्ये दाहालको पक्षमा ६३ मत मात्र पर्यो । उनको विपक्षमा १९४ मत पर्यो । प्रधानमन्त्री बन्नका लागि आवश्यक १३८ मत प्राप्त नभएपछि उनी पदमुक्त भएका हुन् । यसअघि आलोपालो कांग्रेस र ...
दुध उत्पादक किसानको ३२ करोड रुपैयाँ भुक्तानी गर्न मुख्यमन्त्री कार्कीको आग्रह

दुध उत्पादक किसानको ३२ करोड रुपैयाँ भुक्तानी गर्न मुख्यमन्त्री कार्कीको आग्रह

विराटनगर । किसानले दुधको करोडौं रुपैयाँ भुक्तानी नपाइरहेको अवस्थामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चासो देखाएका छन् । विराटनगर दुग्ध वितरण आयोजनाले किसानबाट संकलन गरेको दूधको ३२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । मुख्यमन्त्री कार्कीले आयोजनाका आज कर्मचारीलाई मुख्यमन्त्री कार्यालयमा बोलाएर किसानको रकम भुक्तानीको लागि आग्रह गरेका हुन् । आयोजनाले धनकुटा, तेह्रथुम, उदयपुर, सुनसरी...
झापामा डेंगु संक्रमितको संख्या १२३ पुग्यो

झापामा डेंगु संक्रमितको संख्या १२३ पुग्यो

झापा । झापामा डेंगु संक्रमितको संख्या १२३ पुगेको छ । काठमाडौंपछि झापामा सबैभन्दा बढी संक्रमित पाइएका हुन् । गत पुस महिनायता देशभरि १ हजार ४८३ जनामा संक्रमण पाइएकामा सबैभन्दा बढी काठमाडैंमा १६५ संक्रमित रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । पछिल्लो समय संक्रमणको वृद्धिदर पनि तीव्र रहेको महाशाखाले जनाएको छ । असार अन्तिमसम्म आइपुग्दा मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेकका ७३ ...
पहिरोले विस्थापित उदयपुरका १५ परिवारलाई विद्यालयमा सारियो

पहिरोले विस्थापित उदयपुरका १५ परिवारलाई विद्यालयमा सारियो

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१५ खाँबुस्थित रानीबासको तोरीबारीमा उच्च जोखिममा परेका १५ परिवारलाई स्थानीय रानीबास विद्यालयमा सारिएको छ । अविरल वर्षासँगै झरेको पहिरोले उक्त स्थानका चार घर बगाएको थियो । १५ घर उच्च जोखिममा परेका छन् । पहिरोमा घर बगाएर विचल्लीमा परेका तथा जोखिममा परेका परिवारका ४६ जनालाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ । यसैबीच, पहिरोका कारण अवरुद्ध उदयपुरको गाईघाट...
उच्च जोखिम भएका बेला राति सवारी साधन चलाउन नपाइने

उच्च जोखिम भएका बेला राति सवारी साधन चलाउन नपाइने

विराटनगर । उच्च जोखिमको सूचना (रेड एड्भाइजरी) जारी भएका दिन तोकिएका जिल्लाहरूमा रात्रिकालीन सवारी साधन चलाउन नपाइने भएको छ । गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा आज बसेको बैठकले उक्त निर्णय गरको हो । जल तथा मौसम विज्ञान विभागबाट ‘रेड एड्भाइजरी’ जारी भएका जिल्ला र क्षेत्रहरूमा तत्तत् दिनमा रात्रिकालीन सवारी नचलाउने निर्णय भएको छ । यसको कार्यतालिका यातायात व्यवस्था विभाग र याता...
‘सुशासन, सीमान्त वर्ग र समुदायको अधिकारको रक्षाका लागि लडिरहनेछु’

‘सुशासन, सीमान्त वर्ग र समुदायको अधिकारको रक्षाका लागि लडिरहनेछु’

विराटनगर । प्रधानमन्त्री तथा नेकपा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभामा आफूलाई विश्वासको मत माग्दै नेपाली कांग्रेस र नेकपा एमालेलाई षडयन्त्रमूलक तरिकाले गठबन्धन गरेको आरोप लगाएका छन् । वामपन्थी आन्दोलनको भावुक बहकाउमा आफूले नेकपा एमालेसँग यसअघि गठबन्धन गरेको उनले बताए । आफू एमाले अध्यक्ष केपी शर्मा ओलीको लामालामा मीठा र भरोसापूर्ण संवादहरूबाट अल्मल्याइएको पनि उनले बताए । प्र...
कोशी प्रदेशका नदी-खोलामा तीन दिनसम्म जलसतह बढ्ने, सतर्कता अपनाउन आग्रह

कोशी प्रदेशका नदी-खोलामा तीन दिनसम्म जलसतह बढ्ने, सतर्कता अपनाउन आग्रह

विराटनगर । अविरल वर्षाका कारण आगामी तीन दिनसम्म कोशी प्रदेशका विभिन्न नदी र खोलामा जलसतह बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । सप्तकोशी नदीका साथै कन्काई, माई, जोगमाईलगायतका खोलामा पानीको बहाव बढ्ने जनाइएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आजदेखि तीन दिनसम्म कोशी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू तथा कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती नदीको जलसतह उल...
कुखुरा फार्म सञ्चालकको हत्या आरोपमा दम्पती पक्राउ

कुखुरा फार्म सञ्चालकको हत्या आरोपमा दम्पती पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ स्थित कुखुरा फार्मका सञ्चालक ४९ वर्षीय सहदेव बजगाईँको हत्यामा संलग्न रहेको आरोपमा दम्पती पक्राउ परेका छन् । प्रहरीका अनुसार मोरङ उर्लाबारी नगरपालिका–४ का ३६ वर्षीय सुनील तामाङ र उनकी श्रीमती ३३ वर्षकी प्रनिसा पाँचकोटी पक्राउ परेका हुन् । दुवैजना बजगाईँकै फार्ममा काम गर्दै आएका थिए । घटनापछि उनीहरु फरार भएका थिए । खोजीका क्रममा प्रहरीले धरानस्थित एक धर्...
विराटनगरको लजमा एकजना व्यवसायी मृत भेटिए

विराटनगरको लजमा एकजना व्यवसायी मृत भेटिए

विराटनगर । मोरङको रतुवामाईका एकजना व्यवसायी विराटनगरको एक होटलमा आज बिहान मृत अवस्थामा भेटिएका छन् । विराटनगर महानगरपालिका–९ स्थित फ्रेन्ड्स कर्नर रेस्टुरेन्ट, बार एण्ड लजमा उनी मृत अवस्थामा भेटिएका हुन् । रंगेलीमा किराना पसल सञ्चालन गर्दै आएका ३३ वर्षीय गजेन्द्र साह आज बिहान उक्त लजको २०४ नम्बर कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । हिजो अपरा्हनतिर उनी उक्त लजमा बस्न आएक...
कास्कीमा पहिरोसहित पुरिएका ११ जनाको मृत्यु

कास्कीमा पहिरोसहित पुरिएका ११ जनाको मृत्यु

पोखरा । पहिरोले पुरिएर कास्कीमा एकै घरका ७ सहित ११ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१९ तल्लोकोटमा एकै परिवारका ७ जना पहिरो खस्दा घरभित्रै पुरिएको प्रहरीले जनाएको छ । यसैगरी, पोखरा–३२ चैनपुरमा पहिरोमा पुरिएर तीनजनाको मृत्यु भएको छ । पोखरा–१९ पुरुन्चौर तल्लोकोटमा घर माथिबाट आएको पहिरोले घर पुरिँदा गएराति ४७ वर्षीय कुलबहादुर परियार, उनकी पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छ...
पहिरोसहित दुईवटा बस त्रिशूलीमा खसे, ६५ यात्रु रहेको अनुमान

पहिरोसहित दुईवटा बस त्रिशूलीमा खसे, ६५ यात्रु रहेको अनुमान

चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोले बगाउँदा दुईवटा बस त्रिशूली नदीमा खसेका छन् । ती बसमा चालकसहित ६५ जना रहेको अनुमान गरिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान करिब साढे ३ बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल नामको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् । गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जा...
मोरङको पथरीमा टिपरले ठक्कर दिंदा इलामका युवकको मृत्यु

मोरङको पथरीमा टिपरले ठक्कर दिंदा इलामका युवकको मृत्यु

विराटनगर । मोरङको पथरी शनिश्चरेमा टिपरको ठक्करले स्कुटर चालकको मृत्यु भएको छ । पथरी शनिश्चरे–१० मा प्र.१–०२–००१ क ५०६३ नम्बरको टिपरले ठक्कर दिंदा इलामको चुलाचुली गाउँपालिका–५ का ३३ वर्षीय सुभाष राईको मृत्यु भएको हो । प्रहरीका अनुसार उक्त टिपरले हिजो साँझ राईले चलाएको प्र.१–०२–०४० प ७८७५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । टाउकोसहित शरीरका विभिन्न भागमा गहिरो चोट लागेका उनको विराटनगरस्थित नोवेल...
‘जलसमाधि लिँदैछु’ लेखेर हिँडेका सहप्राध्यापकको अवस्था अझै अज्ञात

‘जलसमाधि लिँदैछु’ लेखेर हिँडेका सहप्राध्यापकको अवस्था अझै अज्ञात

सुनसरी । नौ दिनदेखि सम्पर्कविहीन बनेका सुनसरीको इटहरी निवासी त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा समालोचक प्रा. डा. रामजी तिम्सिनाको अवस्था अझै अज्ञात छ । ‘म वराहक्षेत्रमा जलसमाधि लिँदैछु । अलबिदा’ भन्ने लेखेर घरबाट हिँडेका उनीबारे हालसम्म केही पत्तो लागेको छैन । परिवार, आफन्त र प्रहरीले उनको निरन्तर खोजी गरिरहेका छन् । उनले उल्लेख गरेको वराह क्षेत्र आसपास प्रहरी टोली परिचालन गरेर खोजी गर्...
मोरङको रतुवामाईमा डुबेर एकजनाको मृत्यु

मोरङको रतुवामाईमा डुबेर एकजनाको मृत्यु

विराटनगर । मोरङको रतुवामाईमा खोल्साको पानीमा डुबेर आज एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार रतुवामाई नगरपालिका–१० मा रहेको खोल्सीको पानीमा डुबेर सुनवर्षी नगरपालिका–९ डाइनियाँका ४५ वर्षीय बौका ऋषिदेवको मृत्यु भएको हो । स्थानीय बासिन्दाले उनलाई मृत अवस्थामा देखेपछि प्रहरीमा खबर गरेका थिए । प्रहरी र आफन्त गएर उनको पहिचान गरिएको थियो । शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएको ...
कोशी प्रदेशले जित्यो मुख्यमन्त्री कप राष्ट्रिय भलिबलको उपाधि

कोशी प्रदेशले जित्यो मुख्यमन्त्री कप राष्ट्रिय भलिबलको उपाधि

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा सम्पन्न कोशी प्रदेश दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि कोशी प्रदेशले जितेको छ । विराटनगरमा भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई लाई ३–२ सेटले पराजित गर्दै कोशीले उपाधि जितेको हो । पहिलो सेटमा कोशी सुदूरपश्चिमको २३ अंकविरूद्ध २५ अङ्क प्राप्त गर्न सफल भएको थियो भने दोस्रो सेटमा कोशीले २५ अङ्क प्राप्त गर्दा सुदूरप...
प्रदेशस्तरीय भारोत्तोलनः मोरङ, झापा र उदयपुरको वर्चस्व

प्रदेशस्तरीय भारोत्तोलनः मोरङ, झापा र उदयपुरको वर्चस्व

विराटनगर । कोशी प्रदेशस्तरीय प्रथम भारोत्तोलन प्रतियोगिता आज सम्पन्न भएको छ । कोशी खेलकुद विकास बोर्डले जिल्ला खेलकुद विकास समिति मोरङको संयोजकत्वमा विराटनगरमा पहिलोपटक भारोत्तोलन प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा ५५ केजी समूहमा मोरङका अजित राजवंशी प्रथम, ६१ केजी समूहमा झापाका चन्दन मुखिया प्रथम, ६९ केजी समूहमा उदयपुरका रिवेश अधिकारी प्रथम, ७३ केजी समूहमा मोरङका पियुष राजवंशी प्रथम, ८...
जंगली च्याउ खाँदा धनकुटाको सहिदभूमिमा एकै परिवारका ७ जना बिरामी

जंगली च्याउ खाँदा धनकुटाको सहिदभूमिमा एकै परिवारका ७ जना बिरामी

धनकुटा । जंगलबाट संकलन गरी ल्याएको च्याउ पकाएर खाँदा धनकुटाको सहिदभूमिका एकै परिवारका सातजना बिरामी परेका छन् । प्रहरीका अनुसार सहिदभूमि गाउँपालिका–७ गैरीटोलका परिवार बिरामी परेका हुन् । उनीहरुले हिजो साँझ जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका थिए । प्रहरीका अनुसार च्याउ खाएपछि परिवारका सबैलाई वाकवाकी आउने जस्ता लक्षण देखिएको थियो । बिरामी हुनेमा ६३ वर्षीया ईन्द्रकमला राई, ५५ वर्षीया दिलमाया...
फिदिमका निवर्तमान मेयर नेम्वाङको निधन

फिदिमका निवर्तमान मेयर नेम्वाङको निधन

पाँचथर । पाँचथर सदरमुकाम फिदिम नगरपालिकाका निवर्तमान मेयर तथा नेपाली कांग्रेसका महासमिति सदस्य ओनाहाङ नेम्वाङको आज बिहान निधन भएको छ । उपचारका क्रममा उनको विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको हो । २००४ सालमा फिदिम–२ मा जन्मेका नेम्वाङलाई मधुमेह र रक्तचाप, मिर्गौलासम्बन्धी समस्या थियो । तीन दिनअघि उपचारका लागि विराटनगर लगिएको थियो । नेम्वाङ २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट मेयर न...
सुन्दरहरैँचामा कुखुरा फार्म सञ्चालकको हत्या

सुन्दरहरैँचामा कुखुरा फार्म सञ्चालकको हत्या

विराटनगर । मोरङको सुन्दरहरैँचामा एकजना कुखुरा फार्म सञ्चालकको हत्या भएको छ । प्रहरीका अनुसार सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको हत्या भएको अवस्थामा आज बिहान शव फेला परेको हो । बजगाईंको शव घरनजिकै रहेको कुखुरा फार्मभित्र फेला परेको छ । टाउकोसहित शरीरका विभिन्न भागमा गहिरो चोट रहेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा बन्चरो र दाउ फेला परेको छ । तिनै हतियार प्रयोग...
ट्याक्टरले किचेर सहचालकको मृत्यु भएपछि भागेका चालक १९ वर्षपछि पक्राउ

ट्याक्टरले किचेर सहचालकको मृत्यु भएपछि भागेका चालक १९ वर्षपछि पक्राउ

झापा । सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १९ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–११ का ५४ वर्षीय बन काइँलो भनेर चिनिने नरबहादुर भुजेल छन् । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको टोलीले उनलाई हिजो अपराह्न घरमै लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । २०६२ फागुन ९ गते बिहान भुजेलले चलाएको मे १ त ७३७ नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरका सहचालक टेकेन्...
कोशी प्रदेशको ९५ हजार १७० हेक्टर क्षेत्रफलमा रोपाइँ सकियो

कोशी प्रदेशको ९५ हजार १७० हेक्टर क्षेत्रफलमा रोपाइँ सकियो

विराटनगर । असार सकिन लाग्दा कोशी प्रदेशमा ९५ हजार १७० हेक्टर (३४.४ प्रतिशत) क्षेत्रफलमा धान रोपाइँ भएको छ । यसपालि कोशीको २ लाख ७६ हजार ३८६ हेक्टरमा रोपाइँ हुने अनुमान गरिएको छ । देशभर ४२ प्रतिशत भान रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ । पछिल्लो विवरण अनुसारअनुसार देशभर १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ । त्यसमध्ये ५ लाख ९५ हजार १२९ हेक्टर (४२.६ प्रतिशत) रो...
ताप्लेजुङमा ट्रयाक्टर चोरीः युवक पक्राउ

ताप्लेजुङमा ट्रयाक्टर चोरीः युवक पक्राउ

ताप्लेजुङ । ट्रयाक्टर चोरी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले सदरमुकामस्थित फुङ्लिङ नगरपालिका–८ दोखुका २१ वर्षीय प्रकाश मगरलाई पक्राउ गरेको हो । मेरिङ्देन गाउँपालिका–३ खाम्लुङ दोभानका जयप्रसाद भट्टराईको मे१त ७१७१ नम्बरको ट्रयाक्टर गत शनिबार चोरी भएको थियो । खोजी गर्ने क्रममा आइतबार दिउँसो फुङ्लिङ नगरपालिका–१० भदौरेमा प्रहरीले फेला परेको थियो । त्यस क्रममा मगर भागेर फरार...
‘संखुवासभामा २१ महिने बालिकादेखि ५२ वर्षीयासम्म बलात्कृत’

‘संखुवासभामा २१ महिने बालिकादेखि ५२ वर्षीयासम्म बलात्कृत’

संखुवासभा । ६ महिनाको अवधिमा संखुवासभामा बलात्कारका ६ वटा घटना भएका छन् । तीमध्ये चारजना बालिका पीडित बनेको पाइएको छ । बलात्कार पीडित हुनेमा २१ महिने बालिकादेखि ५२ वर्षीया महिलासम्म छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आयोजना गरेको कार्यक्रममा यो जानकारी दिइएको हो । जिल्लामा ६ महिनाको अवधिमा मानव अधिकार उल्लंघनका २४ वटा घटना भएको जनाइएको छ । ती घटनामा २४ जना व्यक्ति पीडित रहेको उल्ल...
मापसे गरी चलाएको मोटरसाइकल दुर्घटना हुँदा झापामा एकजनाको मृत्यु

मापसे गरी चलाएको मोटरसाइकल दुर्घटना हुँदा झापामा एकजनाको मृत्यु

झापा । झापाको सीतापुरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गएराति करिब १ बजे गौरादह–१ सीतापुरीस्थित पाडाजुँगी–गौरीगञ्ज सडकखण्डमा दुर्घटना भएको हो । चालकले मापसे (मादक पदार्थ सेवन) गरी मोटरसाइकल चलाएकाले अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पाडाजुँगीबाट गौरादहतर्फ जाँदै गरेको लु ९ प १२७१ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा पछाडि बस्ने भारतीय नागरिक ४१ व...
युरो कप २०२४ : फाइनलमा इङ्ल्याण्ड र स्पेनको भेट पक्का

युरो कप २०२४ : फाइनलमा इङ्ल्याण्ड र स्पेनको भेट पक्का

विराटनगर । इङ्ल्याण्ड युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । आज बिहान डर्टमुण्डमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इङ्ल्याण्डले नेदरल्याण्ड्सलाई २-१ गोलले पराजित गर्दै आफ्नो फाइनल यात्रा पक्का गरेको हो । जाभी सिमोन्सले सातौं मिनेटमै नेदरल्याण्ड्सलाई खेलमा अग्रता दिलाएका थिए । इंग्लिश मिडफिल्डर डेकलान राइसको खुट्टाबाट बल खोसेर बक्सको छेउबाट शक्तिशाली प्रहारमा गोल गर्दै सिमोन्सले डच टोलीलाई अग्रत...
सुनसरीमा चार ट्रक खयर काठ वन कार्यालयद्वारा नियन्त्रण

सुनसरीमा चार ट्रक खयर काठ वन कार्यालयद्वारा नियन्त्रण

सुनसरी । रामेछापबाट अवैध रुपमा ल्याएको आशंकामा डिभिजन बन कार्यालय सुनसरीले चारवटा ट्रकमा लोड गरिएको खयरको काठ नियन्त्रणमा लिएको छ । सुनसरीको धरानस्थित सूर्य कत्था उद्योगको नाममा ल्याइएको नियन्त्रणमा लिइएको हो । डिभिजन बन कार्यालय सुनसरीका प्रमुख धर्मनाथ यादवका अनुसार बा प्र ०१००६ ख २१११, बा.प्र. ०१००६ ख ३३४९, म. प्र. ०३००२ ख ००९५ र क. प. ०२००१ ख ०४१९ नम्बरको ट्रकलाई शंका लागी नियन्त्रणमा लिइएको...
error: Content is protected !!