
विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । मङ्गलबार प्रतितोला सात सय रुपैयाँले बढेको सुनको मूल्य आज एक हजार एक सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार सुन प्रतितोला एक लाख ६९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार एक लाख ६८ हजार सात सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आइतबार एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । मङ्गलबार स्थिर रहेको चाँदीको मूल्य आज १५ रुपैयाँले बढेको हो । आज चाँदी प्रतितोला एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

संगालोखबर 













