विराटनगर । भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयबाट निकालिएका मध्ये १९ जना विद्यार्थी नेपाल फर्किएका छन् ।
झापाको काँकडभिट्टा नाकाबाट १६ जना र विराटनगर नाका हुँदै तीन जनासहित १९ जना विद्यार्थी नेपाल फर्किएका हुन् । बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्युपछि उत्पन्न परिस्थिति असहज बनेसँगै उनीहरू स्वदेश फर्किन बाध्य भएका हुन् ।
सप्तरी राजविराज-२ तित्रीगाछीका आरती रोही, सालिमी दास, रिसक सिंह, आयुष राज, प्रजित यादव, कृष दास, राकेश साह, नवीन मण्डल र सुनसरी इनरुवा-१ का ओमप्रसाद पोद्धार नेपाल फर्किएका हुन् ।
यस्तै विराटनगर-१२ का आदित्य मिश्र, कास्की पोखराका सुलभ पौडेल, आयुष अधिकारी, काठमाडौं-१० पुरानो बानेश्वरका समिम पौडेल, ललितपुर महालक्ष्मी-४ हात्तीबनका आकाश शाह, काठमाडौं-१३ ताहाचलका पीयूष शाह र काठमाडौं गोकर्णेश्वर-७ का बिकेश श्रेष्ठ फर्किएका हुन् ।