संगालोखबर


विराटनगर । सुनको मूल्यमा पुनः नयाँ रेकर्ड कायम भएको छ । आज एकैदिन दुई हजार सात सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

यसअघि आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । आइतबार सुन प्रतितोला एक लाख ८६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आज सुन प्रतितोला एक लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो मूल्य आइतबारको तुलनामा दुई हजार रुपैयाँले बढी हो । मङ्गलबार सुन प्रतितोला एक लाख ८४ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य मङ्गलबारको तुलनामा १० रुपैयाँले बढी हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!