संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । सुनसरीको इटहरीबाट भैरहवा जाँदै गरेको बस मकवानपुरमा दुर्घटना भएको छ । प्रहरीका अनुसार दुर्घटनामा १६ जना घाइते भएका छन् ।

इटहरीबाट भैरहवा जाँदै गरेको  लु २ ख ५९९ नम्बरको बस आज बिहान करिब ४ः५० बजे मकवानपुरको मनहरी गाउँपालिका-६ सुनाचुरीस्थित पूर्व-पश्चिम सडक खण्डमा दुर्घटना भएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बस सडकबाट अन्दाजी १० मिटर तल खसेको छ । घाइतेहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार घाइतेहरूको अवस्था मध्यम छ ।

चालक बाराको कोल्हवी नगरपालिका-११ का २९ वर्षीय राकेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!