संगालोखबर


काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोल वर्ल्ड इकोनोमिक फोरमको युवा सूचीमा समेटिएकी छन् । विश्वका विभिन्न विधाका युवाहरू समेट्ने फोरमको युवा नेतामा डङ्गोललाई समावेश गरेको हो ।

फोरमले डङ्गोललाई २९ वर्षको उमेरमा काठमाडौं महानगरको उपमेयर हुँदा नेपालका ७५३ पालिकामा सबैभन्दा धेरै मतान्तरले जितेकोदेखि अक्सफोर्डमा मन्तव्य दिएको लगायतका विषयलाई समावेश गरेको छ ।

Advertisement

नेकपा एमालेबाट उम्मेदवार बनेकी डङ्गोलले ६८ हजार ६१२ मत ल्याएर उपमेयरमा निर्वाचित भएकी थिइन् ।

फोरमले डङ्गोल सानै उमेरदेखि सार्वजनिक जीवनमा सक्रिय रहनुका साथै रैथाने लिपिहरूको संरक्षणका लागि युवा नेतृत्वमा ‘क्यालिजात्रा’ भन्ने अभियानको स्थापना गरेकी लगायतका व्याख्या गरेको छ ।

पछिल्ला वर्षहरूमा उनले अक्सफोर्ड विश्वविद्यालय र वर्ल्ड टुरिजम सिटिज फेडेरेसन समिटजस्ता प्रतिष्ठित कार्यक्रमहरूमा मन्तव्य दिएको तथा काठमाडौंमा ‘वुमेन अफ वल्र्ड फेस्टिभल २०२४’ पनि सफलतापूर्वक आयोजना गरेको फोरमले उल्लेख गरेको छ ।

सांस्कृतिक सम्पदा प्रवर्द्धन, युवाशक्ति सशक्तीकरण र शहरी नवप्रवर्तक समर्पित, सुनिता एक ऊर्जावान् नेतृ रहेको समेत जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!