ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
विराटनगर । आज सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार सात सय रुपैयाँले घटेको हो ।
महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार सुन प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार सुन प्रतितोला एक लाख ६९ हजार छ सय रुपैयाँमा कारोबार हुँदा आइतबार एक लाख ६८ हजार ...


























