
विराटनगर । ताप्लेजुङमा बोलेरो गाडी दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
फक्ताङलुङ गाउँपालिका-५ याङशिला चोकमा बुधबार दिउँसो भएको दुर्घटनामा चालक पाँचथरको फिदिम नगरपालिका-३ का २५ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा आधारभूत स्वास्थ्य चौकी तापेथोकमा मृत्यु भएको हो । दुर्घटनामा फिदिम-३ का सौजन श्रेष्ठ घाइते भएका छन् । उनको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लेलेपबाट तापेथोकतर्फ जाँदै गरेको मे १ च ५१९३ नम्बरको बोलेरो आफैं अनियन्त्रित भएर सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













