संगालोखबर
तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

विराटनगर । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राख्दै चैत २० गतेबाट काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षकहरूको सङ्घर्ष सोमबार १३ औं दिनमा प्रवेश गरेको छ । तर पनि उनीहरूले उठाएका मागहरू अझैसम्म सम्बोधन भएका छैनन् ।

शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच पटक-पटक वार्ता भएपनि कुनै ठोस निचोड निस्किन सकेको छैन । आन्दोलनका कारण एसइईको उत्तरपुस्तिका परीक्षण र बैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा तयारीमा समेत प्रत्यक्ष असर परेको छ ।

Advertisement

शिक्षकहरू विद्यालय शिक्षा ऐन जारी गर्ने सुनिश्चितताका साथै अन्य पेशागत तथा व्यवस्थापकीय मागहरू पुरा नभएसम्म आन्दोलन नरोकिने अडानमा छन् । उनीहरूको भनाइ अनुसार सरकारसँग विगतमा भएका सहमति पनि कार्यान्वयन नभएको गुनासो छ । संसद्को नियमित अधिवेशन, विशेष अधिवेशन वा अध्यादेशमार्फत ऐन जारी गर्नुबाहेक अरू विकल्प नरहेको नेपाल शिक्षक महासङ्घले जनाएको छ ।

यसैबीच, सत्तारूढ दल र प्रतिपक्षका केही नेताहरूले शिक्षकहरूको मागबारे मन्त्रिपरिषद् स्तरबाट छिटो निर्णय लिन र विधेयक पारित गर्न संसद्को अधिवेशन चाँडो बोलाउन सरकारलाई आग्रह गरिसकेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले शिक्षकहरूलाई उत्तरपुस्तिका परीक्षण तथा कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग गर्न अपिल गरेको छ । आन्दोलनका लागि देशभरका शिक्षक काठमाडौंमा भेला हुँदा नयाँ शैक्षिक सत्रको कार्यतालिका पनि प्रभावित भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!