हचुवाका भरमा मुख्यमन्त्री कप भलिबलः उद्घाटन खेल नै बिथोलियो
विराटनगर । मौसमको ख्यालै नगरी हचुवाका भरमा आयोजना गरिएको खेलकुद प्रतियोगिता अलमलमा परेको छ । खेलकुद विकास बोर्ड कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको मुख्यमन्त्री कप भलिबलको प्रतियोगिता निराशालाग्दो बनेको छ ।
विराटनगरको पुरानो तरकारी बजार गुद्रीमा हिजो आयोजित प्रतियोगिताका लागि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की ट्रयाकसुट लगाएर उपस्थित भएका थिए । प्रतियोगिता भव्य हुने अपेक्षासहित गुद...































