संगालोखबर


विराटनगर । विराटनगर-५ मा अवस्थित एभरेष्ट माध्यमिक विद्यालयमा दुई दिने कविता लेखन तथा वाचन कार्यशाला भएको छ । बिहीबार र शुक्रबार सञ्चालन भएको कार्यशालामा साहित्यमा रुचि राख्ने कक्षा ६ देखि ९ सम्मका विद्यार्थी सहभागि थिए ।

प्राध्यापक डा. देवी नेपालले सहजिकरण गरेको कार्यशालामा विद्यार्थीहरूलाई आफैँ कविता लेख्न र विभिन्न भाकामा वाचन गर्ने अभ्यास गराइएको छ । विभिन्न छन्द र लयमा कविता वाचन गर्ने क्षमता विकास भएकोमा विद्यार्थीहरूले खुसी व्यक्त गरे ।

Advertisement

विद्यालयका प्राचार्य टिकाराम पुरीले अन्य विधामा जस्तै साहित्यमा पनि विद्यार्थीहरूको क्षमता विकास गराउन कार्यशालाको आयोजना गरिएको बताए । सहजकर्ता प्रा.डा. नेपालले एभरेष्ट स्कुलले साहित्यलाई पनि स्थान दिएको भन्दै खुसी व्यक्त गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!