
विराटनगर । खोटाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका-७ का ३९ वर्षीय विकास राईको मृत्यु भएको हो ।
मंगलबार साँझ ट्रान्सफर्मरमा फ्युज जोड्ने क्रममा करेन्ट लाग्दा उनको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोष्टमार्टम पश्चात शव परिवारलाई बुझाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।