संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । धनुषाको सबैला नगरपालिका-८ ठिल्लामा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ ।  गएराति भएको दुर्घटनामा सोही स्थानका १८ वर्षीय अमन राय र विदेह नगरपालिका-७ जोगियारा का १६ वर्षीय अंगज कुमार रायको मृत्यु भएको हो ।

प्रहरीका अनुसार अमनले मोटरसाइकल चलाएका थिए । प्र ०२-००७ प ५५८५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Advertisement

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!