संगालोखबर


विराटनगर । उदयपुरमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । चौदण्डीगढी नगरपालिका-९ हडियास्थित मुसहर्निया टोल स्थित सोवित खत्रीको घरमा आगलागी भएको हो ।

प्रहरीका अनुसार विद्युत सर्ट भएर लागेको आगोले घरसँगै अन्नपात, गरगहना, भाँडावर्तनलगायत सामान जलेका छन् । जसबाट ४० लाख बढीको क्षति भएको प्रहरीको अनुमान छ ।

Advertisement

आगलागी भएपछि ग्यास सिलिन्डर पनि पड्किएको थियो । बेमौसमी वर्षासँगै त्रियुगा नदीमा आएको बाढीले अस्थायी सडक भत्काएपछि दमकल पुग्न समय लागेको थियो । जसका कारण थप क्षति भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!