संगालोखबर


विराटनगर । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा मंगलबार बसेको बैठकले आगामी जेठ १४, १५ र १६ गते भव्यरूपमा दिवस मनाउने निर्णय गरेको हो ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गणतन्त्र दिवस २०८२ दिवसको रूपमा मात्र नभई भव्य तरिकाले मनाउन निर्देशन दिए । बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले गणतन्त्र दिवसलाई सबैले अपनत्व हुने गरी मनाउनुपर्नेमा जोड दिए ।

Advertisement

मुख्यमन्त्री कार्कीले गणतन्त्र प्राप्त भएपछिका उपलब्धिलाई आम नागरिकमा जानकारी गराउने र यो व्यवस्थाप्रतिको भरोसा जगाउन पनि दिवसलाई भव्य रूपमा मनाउनुपर्ने उल्लेख गरे ।

उनले लोकतान्त्रिक गणतन्त्रको औचित्य, आवश्यकता र उपलब्धि सम्बन्धमा अन्तरक्रिया र कार्यक्रमको आयोजना गर्न निर्देशन दिए । प्रदेश सरकारले गणतन्त्र दिवस भव्यरूपमा मनाउन मुख्यमन्त्री कार्कीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!