संगालोखबर


विराटनगर । सुनसरीको दुहबी नगरपालिका-३ फुटानी चोकमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान भएको दुर्घटनामा उदयपुर घर भएका प्रहरी सहायक निरीक्षक ३० वर्षीय विरोध खतिवडाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार प्र २-०१-००१ च ०२५१ नम्बरको भ्यान अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका उनको विराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

त्रियुगा नगरपालिका-८ राजाबासका खतिवडा नाराणहिटी सुरक्षा गारद गुल्म काठमाडौं दरबन्दी भई जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत थिए ।

दुर्घटनामा सवारी चालक चौदण्डीगढी नगरपालिका-६ का ३८ वर्षीय सुरेश कार्की र उनकी छोरी १४ वर्षीया रोजिना कार्की घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको प्रहरीको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!