संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-६ स्थित वडा कार्यालय अगाडि मोटरसाइकलले ठक्कर दिँदा वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा सोही स्थानका ७० वर्षीय हेमराज गिरीको मृत्यु भएको हो ।

विराटनगरबाट विराटचोकतर्फ जाँदै गरेको प्रदेश १-०२-०४५ प ११४० नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गर्दा वृद्धलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि नोबेल अस्पताल विराटनगर ल्याइएको थियो ।

Advertisement

उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक मोरङको कटहरी गाउँपालिका-७ का १७ वर्षीय अनिस भगतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तीब्र गतिमा रहेको मोटरसाइकलका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!