संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । उदयपुरको बेलका नगरपालिका-८ कोठुबाट सप्तकोशी नदीमा हामफालेका व्यक्तिको मृत्यु भएको छ । मंगलबार बिहान १०ः४५ बजेको समयमा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का ५२ वर्षीय मकरजंग राईले सप्तकोसीको पुलबाट नदीमा हामफालेका थिए ।

प्रहरीले जानकारी पाउनासाथ उनलाई उद्दार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाएको थियो । प्रहरीका अनुसार उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

Advertisement

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!