चौबिसेको गाउँसभाद्वारा आगामी आर्थिक वर्षका लागि ४९ करोड बजेट पारित
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको गाउँसभाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४९ करोड २९ लाख २३ हजार बराबरको बजेट पारित गरेको छ । सोमबार गाउँसभाको १५ औं अधिवेशनको दोस्रो बैठकले बजेट पारित गरेको हो ।
गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष टंकमायाँ पाङ्गमीले बजेट प्रस्तुत गरेकी थिइन् ।
गाउँपालिकाले वित्तीय समानीकरण अनुदान संघीय सरकारबाट ८ करोड ८४ लाख, राजश...





























