संगालोखबर


विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहरामा घरको छतबाट खसेर नेपाल प्रहरीका एक असईको मृत्यु भएको छ ।

आफ्नै निर्माणाधीन घरको छतमा पानी हाल्ने क्रममा लडेर ४५ वर्षीय प्रेम कटवालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कटवाल जिल्ला प्रहरी कार्यालय धनकुटामा कार्यरत थिए ।

Advertisement

छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको आर्या न्युरो अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषण गरेका थिए । प्रहरीका अनुसार उनी केही दिनअघि मात्रै छुट्टीमा घर आएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!