
विराटनगर । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला तीन सय रुपैयाँले घटेको हो ।
महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ९० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला एक लाख ९० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । यो शुक्रबारको तुलनामा १० रुपैयाँ बढी हो ।

संगालोखबर 













