
विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका-५ स्थित त्रियुगा नदीमा आएको बाढीले बस बगाएको छ । उदयपुर प्रहरीका अनुसार जन्ती पुर्याएर फकिँदै गरेको बस बाढीले बगाएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी केदारमान दोङका अनुसार सोमबार राति सप्तरीमा जन्ती पुर्याएर को १ ख ४७५३ नम्बरको बस बेल्टारतर्फ फर्किँदै थियो ।
‘त्यहाँबाट खासै गाडी ओहोर-दोहोर गर्दैनन्’, डीएसपी दोङले संगालोखबरसँग भने, ‘पानी परेका कारण गाडी पसेछ । राति निकाल्न सम्भव भएन । बिहान त बगाएछ ।’
गाडी अहिले पनि नदिमै रहेको र निकाल्ने प्रयास भइरहेको डीएसपी दोङको भनाइ छ । उनका अनुसार बसमा चालक र सह-चालक मात्र थिए । उनीहरू सकुशल रहेका उनले जानकारी दिए ।

संगालोखबर 













