मोरङको जहदाबाट ठूलो परिमाणमा गाँजा बरामद
विराटनगर । मोरङको जहदा गाउँपालिकाबाट प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ । मोरङ प्रहरीले दिएको जानकारीअनुसार ११ क्विन्टल भन्दा बढी गाँजा बरामद भएको हो ।
प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले एक हजार एक सय दुई किलो गाँजा बरामद भएको जानकारी दिएका छन् । गाँजा जहदा गाउँपालिका-७ का २७ वर्षीय उमेश कामतको घरमा फेला परेको हो ।
प्रहरीले विशेष सूचनाका आधारमा इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा ...





























