संगालोखबर

विराटनगर । विराटनगर-७ अस्पताल चोकस्थित पुरानो गोल्डेन अस्पतालको भवनमा प्राइम अस्पताल सञ्चालनमा आएको छ । ११ करोड लागतमा सञ्चालनमा ल्याइएको अस्पतालको आज एक कार्यक्रमका बीच उद्‌घाटन गरिएको छ ।

Advertisement

युवा उद्यमी सनातन मण्डलले सबै रोगको उपचार सेवा प्रदान गर्ने उद्देश्यका साथ अस्पताल सञ्चालन गरिएको बताए । २५ बेड क्षमता रहेको अस्पतालमा १५ जना दक्ष विशेषज्ञ चिकित्सकहरूले सेवा प्रवाह गर्नेछन् ।

अस्पतालमा उपचारका लागि आउने बिरामीलाई गुणस्तरीय सेवा प्रदान गरिने मण्डलले बताए । अस्पतालले ४ कठ्ठा क्षेत्रफलको जग्गामा ३ वटा बेग्लाबेग्लै पार्किङ स्थल निर्माण गरेको जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!