रोगले भन्दा छिटो भोकले मर्न लागेपछि गाउँ पसे गन्दर्भ

रोगले भन्दा छिटो भोकले मर्न लागेपछि गाउँ पसे गन्दर्भ

धनकुटा । उमेरले ६० काटेका हिरालाल गन्दर्भले सारंगी रेट्दै हिडेको ४७ वर्ष भयो । धनकुटाको विहिवारे हटिया नजिक परिवारसँगै वस्दै आएका उनले अहिले जति पीडा भोगेका छन्, त्यति पीडा पाँच दशक नजिक पुगेको सारंगी यात्रामा कहिल्यै भोगेका थिएनन् । उनलाई कोरोनाको डरले भन्दा पनि बन्दाबन्दीमा दुई छाकको जोहो गर्न मुस्किल परेको पीडाले सताएको छ । हाट, वजारहरुमा दैनिक जसो सारंगी रेटेर गीत गाउँदै गुजारा चलाउने हिराल...
एउटै खुकुरीको मूल्य ६० हजार !

एउटै खुकुरीको मूल्य ६० हजार !

बेलबारी । एउटै खुकुरीको मूल्य ६० हजार पर्छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । सुन्दा अचम्म लागेपनि, यो सत्य हो । मोरङको बेलबारीमा खुकुरी उद्योग खोलेर बसेका एक उद्यमीले तयार गरेको खुकुरीको मूल्य ६० हजार तोकेका छन् । विश्वकर्मा कृषि औजार उद्योगका संचालक शेरबहादुर विश्वकर्माले नेपालको नक्सासहितको खुकुरीको मूल्य ६० हजार राखेका हुन् । उनले बनाएका खुकुरी २५ सयदेखि ६० हजारसम्मका छन् । ३० दिन मेहनत गरे...
सडकबाट मानसिक रोगीको उद्धार (भिडियोसहित)

सडकबाट मानसिक रोगीको उद्धार (भिडियोसहित)

धनकुटा । मानसिक सन्तुलन गुमाएर बर्षौ अघिदेखि धनकुटा बजारमा बेवारिसे अवस्थामा बस्दै आएका भीमप्रसाद अधिकारीलाई सडकबाट उद्धार गरिएको छ । स्थानीयबासीको पहलमा उद्धार गरेर अधिकारीलाई उपचारका लागि बिराटनगर स्थित नोबेल शिक्षण अस्पताल ल्याईएको हो । उनलाई नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले निःशुल्क उपचारको व्यवस्था मिलाईदिएका छन् । महालक्ष्मी नगरपालिका–७ आन्द्रुङका ५० बर्षीय अधिकारीले मानसिक समस्याबा...
धनकुटाका युवाले आविष्कार गरे आधुनिक सूचना यन्त्र (भिडियोसहित)

धनकुटाका युवाले आविष्कार गरे आधुनिक सूचना यन्त्र (भिडियोसहित)

धनकुटा, २२ जेठ । धनकुटाको सहिदभूमि गाउँपालिकाका एक युवाले आधुनिक सूचना यन्त्र आविष्कार गरेका छन् । सहिदभूमि–४ खोकुका २३ बर्षीय कोखमान राईले सीसी क्यामेराको सट्टामा प्रयोग गर्न र सुरक्षा सर्तकर्ता अपनाउँन उपयोगी फरक प्रकारको सूचना यन्त्र निर्माण गरेका हुन् । यो यन्त्रलाई राईले अटोमेटीक फोन रिडायल सिस्टम (एपीआरएस) नाम दिएका छन् । काठका टुक्रा, टिनका पाता, डीसी मोटर, रबरका पाङ्ग्रा लगायत सामान मिल...
संगालोखबर समाचार प्रभाव : नगरपालिकाले पुर्‍यो सडकको ‘ज्यानमारा भ्वाङ्ग’

संगालोखबर समाचार प्रभाव : नगरपालिकाले पुर्‍यो सडकको ‘ज्यानमारा भ्वाङ्ग’

धनकुटा, ९ जेठ। सवारी आवतजावतमा समस्या र जोखिम हुनेगरी धनकुटा नगरपालिका–५ टुँडिखेल नजिक सडकमा परेको खाडल नगरपालिकाले बुधबार पुरेको छ । करिव एक साता अघि सडकमा भ्वाङ्ग परेर यातायात आवतजावतमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढेको थियो । तर, मर्मतमा ढिलाई भएको गुनासो आएपछि मंगलवार संगालोखबरले ‘धनकुटामा सडक भ्वाङ्ग परेपछि सवारी आवतजावतमा समस्या, मर्मत नहुँदा स्थानीय आक्रोसित’ शिर्षकमा प्राथमिकताक...
धनकुटामा सडक भ्वाङ्ग परेपछि समस्या, मर्मत नहुँदा स्थानीय आक्रोसित

धनकुटामा सडक भ्वाङ्ग परेपछि समस्या, मर्मत नहुँदा स्थानीय आक्रोसित

धनकुटा, ८ जेठ । धनकुटा नगरपालिका–५ टुडिखेल नजिक व्यस्त वजारको विच सडकमा भ्वाङ्ग परेपछि सवारी आवतजावतमा समस्या भएको छ । सडकमा भ्वाङ्ग परेर दुर्घटनाको जोखिम बढेपनि मर्मतमा ढिलाई गरिएको भन्दै स्थानीयबासी आक्रोसित बनेका छन् । करिव एक साता अघि सडकको विच भागमा भ्वाङ्ग परेका कारण ठूला सवारी साधन आवतजावतमा समस्या छ । ओरालो सडकमा भ्वाङ्ग परेकाले मोटरसाईकल लगायत साना सवारीलाई दुर्घटनाको जोखिम बढी छ । सो स...
केटीको भेष बदलेर केटाले गरे केटासँगै बिहे ! थाहा पाएपछि गाउँले चकित

केटीको भेष बदलेर केटाले गरे केटासँगै बिहे ! थाहा पाएपछि गाउँले चकित

धनकुटा, १७ बैशाख । सामान्यतया केटा र केटीवीच बिवाह हुन्छ । केटाले केटासँगै बिबाह गरे भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर, धनकुटामा केटीको भेष बदलेर केटाले केटासँगै बिहे गरेको घटना सार्वजनिक भएको छ । घटना धनकुटाको सहिदभूमी गाउँपालिका स्थित छिन्ताङको हो । भोजपुरको रामप्रसाद राई गाउँपालिकाका २५ बर्षीय राजकुमार राईले केटीको भेष बदलेर छिन्ताङ मुलधावाका २७ बर्षीय बिपिन राईसँग बिबाह गरेका हुन् । ठगी ग...
नोबेलमा अत्याधुनिक न्यूरो सर्जरी सेवाले बिरामीको अाकर्षण (फोटो फिचरसहित)

नोबेलमा अत्याधुनिक न्यूरो सर्जरी सेवाले बिरामीको अाकर्षण (फोटो फिचरसहित)

बिराटनगर, २५ माघ । बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु भएपछि बिरामीको चाप बढेको छ । न्यूरोसम्बन्धी सम्पूर्ण रोगको उपचारका लागि अत्याधुनिक उपकरण ल्याएर गुणस्तरीय उपचार थालिएपछि नोबेल अस्पतालमा बिरामीको चाप बढेको हो । जर्मन, अमेरिकालगायत देशबाट नोबेलले अत्याधुनिक उपकरणसँगै बिशेषज्ञ डाक्टरको ब्यवस्थापन गरी गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन थालेपछि अस...
ओख्रेमा भ्यूटावर बनेपछि पर्यटकको आकर्षण

ओख्रेमा भ्यूटावर बनेपछि पर्यटकको आकर्षण

धनकुटा, १२ माघ । धनकुटाको साँगुरीगढी गाउँपालिका–५ ओख्रे थामडाँडामा भ्यूटावर निमार्ण भएपछि आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम वढेको छ । ओख्रे भ्यूटावर निमार्ण भएपछि ओख्रे बजारमा चहलपहल वढ्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकहरुको गन्तव्य स्थल वनेको छ । भ्यूटावरसहित पर्यटकीय पुर्वाधार निमार्णका लागी पर्यटन मन्त्रालय मार्फत पर्यटन कार्यालय काकडभिट्टाले ४० लाख लगानी गरि सकेको छ । ओख्रे बजारवाट करिव २५ ...
पाख्रीबासको तीन थुने गुफाको चर्चा चुलिंदै

पाख्रीबासको तीन थुने गुफाको चर्चा चुलिंदै

धनकुटा, ६ पुस । ओझेलमा परेको पाख्रीबास–२ स्थित तीनथुने गुफाको चर्चा क्रमश चुलिदै गएको छ । विगतमा स्थानीयस्तरमा मात्र सिमित रहेको गुफा क्रमश पछिल्लो समय अन्यत्र पनि चर्चित बन्दै गएपछि स्थानीयबासी उत्साहित बनेका छन् । पहाडको माथिल्लो भागमा रहेको पौराणिक महत्व बोकेको गुफाबारे पर्यटकीय दृष्टिले महत्व राख्ने भएकोले माघे संक्रान्तिमा मेला लगाउने तयारी गरिएको स्थानीयबासी दिलबहादुर तामाङले संगालोखबरलाई ब...
धनकुटा प्रदेशसभा क मा एमालेका निरन राई बिजयी

धनकुटा प्रदेशसभा क मा एमालेका निरन राई बिजयी

धनकुटा, २३ मंसिर । धनकुटा प्रदेशसभा क मा बाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार निरन राई बिजयी भएका छन । २० हजार ८८ मतसहित राई बिजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेसका मनोहरनारायण श्रेष्ठले १३ हजार ४ सय ४२ मत पाएका छन । ६ हजार ६ सय ४६ मतान्तरसहित राई बिजयी बनेका हुन । मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले राईलाई आज साँझ ७ बजेर १५ मिनेटमा ब...
धनकुटा प्रदेशसभा ख मा एमालेका ईन्द्रमणी पराजुली बिजयी

धनकुटा प्रदेशसभा ख मा एमालेका ईन्द्रमणी पराजुली बिजयी

धनकुटा, २३ मंसिर । धनकुटा प्रदेशसभा ख मा बाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार ईन्द्रमणी पराजुली बिजयी भएका छन । २० हजार ६ सय ५२ मतसहित पराजुली बिजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धनको तर्फबाट संघीय समाजवादी फोरमका अर्जुनबहादुर थापाले ८ हजार २ सय ३१ मत पाएका छन । १२ हजार ४ सय २१ मतान्तरले पराजुली बिजयी बनेका हुन । मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले आज सा...
संगालोखबर समाचार प्रभावः धनकुटामा चोरी भएको मोटरसाईकल भेटियो (भिडियोसहित) 

संगालोखबर समाचार प्रभावः धनकुटामा चोरी भएको मोटरसाईकल भेटियो (भिडियोसहित) 

धनकुटा, ६ असोज । धनकुटाको नासल चौकबाट गत आईतबारराति चोरी भएको मोटरसाईकल फेला परेको छ । धनकुटा नगरपालिका–६ नासल चौक स्थित घर नजिक पार्किङ गरेर राखिएको को.५ प. ३६६६ नम्बरको यमाहा कम्पनीको एफजेड मोटरसाईकल चोरी भएको थियो । मोटरसाईकल चोरी भएको समाचार संगालोखबर डटकमले प्रकाशन गरेको थियो । संगालोखबरको उक्त समाचार पढ्ने पाठकले चोरी भएको मोटरसाईकल देखेर संगालोखबरको कार्यालयमा जानकारी गराएपछि मोटरसाईकल धनी...
धनकुटा अदालतमा ६४ प्रतिशत मुद्दा फछर्यौट

धनकुटा अदालतमा ६४ प्रतिशत मुद्दा फछर्यौट

धनकुटा, १६ भदौ । धनकुटा जिल्ला अदालतले गत आर्थिक बर्षमा ६४.१ प्रतिशत मुद्दा फछर्यौट गरेको छ । जिल्ला अदालतले शुक्रवार पत्रकार सम्मेलन गरी आर्थिक बर्ष २०७३/०७४ को प्रतिवेदन सार्वजनिक गरेको हो । गत आर्थिक बर्षमा ९४ जिम्मेवारी सरेकोसहित ३ सय ९६ मुद्दा दर्ता भएका थिए । जसमध्ये २ सय ५४ मुद्दा फछर्यौट भएको जिल्ला न्यायाधीश किशोर घिमिरेले जानकारी दिए । उनका अनुसार १ सय ४२ मुद्दा फछर्यौट हुँन वाँकी छन । ...
वेवारिसे शवको सनाखतः सम्बन्ध बिच्छेदकै दिन बेपत्ता, चार दिनपछि मृत फेला

वेवारिसे शवको सनाखतः सम्बन्ध बिच्छेदकै दिन बेपत्ता, चार दिनपछि मृत फेला

धनकुटा, ३ भदौ । धनकुटा नगरपालिका–७ स्थित धनकुटे खोला नजिक वेवारिसे अवस्थामा भेटिएको शवको सनाखत भएको छ । धनकुटा–७ सिरवानी स्थित चिरविरे चौतारा नजिक घर भएका ३५ बर्षीय बिनोद श्रेष्ठको शव रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । सिरवानी स्थित घुमाउने चौतारा भन्दा तल्लो भागमा रहेको उक्त खोला नजिक बिहिबार अपरान्ह वेवारिसे अवस्थामा शव भेटिएको थियो । कुहिएको अवस्थामा भेटिएको उक्त शवक...
error: Content is protected !!